नेकपा (माओवादी केन्द्र) जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेर नेकपा (माओवादी केन्द्र) तेस्रो ठूलो दल बन्नेतर्फ अग्रसर भएको छ। ६८ लाख ७७ हजार ५९५ मत गन्दा माओवादीले रास्वपालाई उछिनेको छ। अहिले माओवादीले ८ लाख ४१८ अर्थात् ११.६३ मत पाएको छ भने रास्वपाले ७ लाख ९९ हजार ३४८ अर्थात् ११.६२ प्रतिशत मत पाएको छ। समानुपातिकतर्फ काठमाडौं र सहरी क्षेत्रको मतगणना हुँदा रास्वपाले माओवादीलाई निरन्तर पछि पारेको थियो। पछिल्लो समय देशैभरिको मतगणना भइरहेकाले माओवादीले आफ्नो मत बढाएको हो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology