Logo

२०८३, श्रावण ३०गते


images
images

नेपालमा लोकतन्त्र गोलीले होइन, बोलीले आएको हो : सञ्चारमन्त्री गुरुङ

नेपालमा लोकतन्त्र गोलीले होइन, बोलीले आएको हो : सञ्चारमन्त्री गुरुङ

images
  • नेपालमा लोकतन्त्र गोलीले होइन, बोलीले आएको हो : सञ्चारमन्त्री गुरुङ
    images
    images

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा गणतन्त्र गोलीद्धारा नभइ बोलीबाट आएको बताएका छन् । बिहीवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

    images
    images
    images

    सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले नेपालमा गणतन्त्र बुलेटबाट नभइ ब्यालेटबाट आएको र बुलेटबाट आएको नसोच्न माओवादीलाई पटक पटक आफूले आग्रह गरेको समेत उल्लेख गरे । उनले अहिलेको सत्तापक्ष र प्रतिपक्ष गणतन्त्र पक्षधर रहेको पनि बताए । उनले गणतन्त्रको आलोचना र टिप्पणी गर्न पाइने तर राजतन्त्रको पक्षमा लाग्ने कुरा, मुलुक विखण्डनमा लाग्ने कुरा संविधान विरोधी भएको जिकिर गरे । 

    images
    images
    images

    मन्त्री गुरुङले भने, ‘यो मुलुकमा गणतन्त्र गोलीद्धारा होइन, बोलीद्धारा आएको हो । बुलेटद्धारा होइन, ब्यालेटबाटै आएको हो । माओवादीहरुले बुलेटबाट गणतन्त्र ल्याउँछाँै भनेको त्यो दिन भएन भनेर जिस्काइरहेको हुन्छु मैले । अहिले सत्ता पक्ष, प्रतिपक्षमा जो जो छौँ, सबै गणतन्त्रको पक्षधर छौँ । गणतन्त्रको आलोचना, टिप्पणी गर्न पाइन्छ । राजतन्त्रको पक्षमा लाग्ने कुरा, मुलुक विखण्डनमा लाग्ने कुरा संविधान विरोधी हो । प्रजातन्त्र, लोकतन्त्र, जनता विरोधी हो । त्यो सीमाभित्र रहेर काम गर्नुपर्छ ।’

    images
    images
    images

    मन्त्री गुरुङले राजावादीहरुलाई बोल्ने अधिकार दिँदा डराएको भन्ने नसोच्न चेतावनी समेत दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।