Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना

सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना

images
  • सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना
    images
    images

    काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रणमा नेपाललाई आत्मनिर्भर बनाउँदै अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच विस्तार गर्न सकिने बताएका छन् ।

    images
    images
    images

    बिहीबार आयोजित विज्ञहरूको अनुभव आदानप्रदान कार्यक्रममा उनले राहदानी, परिचयपत्र, राजस्वसम्बन्धी कागजातलगायत सुरक्षण सामग्री स्वदेशमै उत्पादन गर्न सुरक्षण मुद्रण केन्द्रलाई सक्षम र व्यावसायिक बनाउनुपर्ने बताए ।

    images
    images
    images

    उनले आधुनिक प्रविधि, अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड र दक्ष जनशक्ति विकास गर्दै केन्द्रलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा विज्ञहरूले प्रविधि, सुरक्षा प्रणाली, नक्कली कागजात नियन्त्रण, अन्तर्राष्ट्रिय साझेदारी र बजार विस्तारका सम्भावनाबारे अनुभव साझा गरेका थिए ।

    images
    images
    images

    कार्यक्रममा सुरक्षण मुद्रणमा प्रयोग हुने कागज, कार्ड र डिजिटल प्रविधिमा पछिल्लो समय भइरहेको विकासबारे पनि छलफल भएको थियो । विशेषगरी नक्कली कागजातका कारण राज्य तथा नागरिकलाई पुग्ने क्षति कम गर्न आधुनिक प्रविधि र बहुस्तरीय सुरक्षा प्रणाली आवश्यक हुने विषयमा विज्ञहरूले जोड दिएका थिए । त्यसैगरी सुरक्षण मुद्रणमा अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड पूरा गर्ने, नमुना परीक्षण गर्ने र उत्पादनलाई आवश्यक मापदण्डअनुसार प्रमाणीकरण तथा अनुपालन गर्ने विषयमा छलफल भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सञ्चारमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।