Logo

२०८३, आश्विन १७गते


images
images

कांग्रेसबाटै मागियो गृहमन्त्री लेखकको राजीनामा

कांग्रेसबाटै मागियो गृहमन्त्री लेखकको राजीनामा

images
  • कांग्रेसबाटै मागियो गृहमन्त्री लेखकको राजीनामा
    images
    images

    विराटनगर । नेपाली कांग्रेसकै नेताले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । नेता डा. शेखर कोईरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा पदबाट राजीनामा दिन सुझाएका हुन्।

    images
    images
    images

    शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कोईरालाले भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयको नाम जोडिएको हुँदा मन्त्रीले स्वेच्छाले पद त्याग गरी अनुसन्धानमा सहयोग पुर्‍याउनु नै उपयुक्त हुने बताए। उनले विगतमा पनि यस्ता प्रकरणमा कतिपय मन्त्रीहरूले राजीनामा दिएर आफूलाई सफा सावित गर्न भूमिका खेलेको उदाहरण उल्लेख गरे।

    images
    images
    images

    "यो कुनै नौलो विषय होइन। यदि आरोप गलत हो भने पनि उहाँले भन्नुपर्छ, म पद छोड्छु, छानबिन गर।" नेता कोईरालाले भने, "राजनीतिमा नैतिकताको मूल्य हुन्छ। जब विवाद उठिसक्यो, तब आफू निर्दोष छु भन्ने प्रमाणित गर्न राजीनामा एक जिम्मेवार कदम हुन्छ।"

    images
    images
    images

    भिजिट भिसाको नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान खोज्ने युवाहरूबाट रकम असुली गरिएको विषयमा गृह मन्त्रालय जोडिएको छ। यो घटनामा अध्यागमन विभागका प्रमुख सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परिसकेका छन्।

    यसै सन्दर्भमा मन्त्री लेखकमाथि पनि सार्वजनिक रूपमा प्रश्न उठिरहेका छन्। तर हालसम्म उनले कुनै प्रतिक्रिया दिएका छैनन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।