काठमाडौँ, माओवादी केन्द्रले पार्टीको सम्मेलन तालिकामा केही परिवर्तन गरेको छ।
सोमबार देखि जारी माओवादी केन्द्र पार्टीको स्थायी कमिटी बैठकले सदस्यता नवीकरण, टोल, वडा र पालिका सम्मेलन गर्ने म्याद थप गरेको हो।
मंगलबार दोस्रो दिन बिहान ८ बजे स्थायी कमिटी बैठक बसेको थीयो । बैठक समापनपछि प्रवक्ता कृष्णबहादुर महराले पार्टी सदस्यता नवीकरणका लागि कात्तिक २५ गतेसम्म म्याद थपिएको जानकारी दिए ।
यस्तै टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिकाको सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म गर्ने गरी म्याद थपिएको महराले बताए ।
माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन आउँदो पुस ११ देखि १३ गतेसम्म गर्दै छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology