Logo

२०८३, आश्विन १७गते


images
images

शेखर र गगन भेटले कांग्रेसमा तरङ्ग

शेखर र गगन भेटले कांग्रेसमा तरङ्ग

images
  • शेखर र गगन भेटले कांग्रेसमा तरङ्ग
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ । डा. कोइरालाको बालुवाटारस्थित सचिवालयमा शुक्रवार बिहान कोइराला र थापाबीच भेटवार्ता भएको हो ।

    images
    images
    images

    दुवैबीच पछिल्लो समय मनमुटाव भएको चर्चा चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुवैबीच करिब ११ महिनापछि भएको यो भेटवार्ताले कांग्रेसको आन्तरिक राजनीति तरंगित समेत बनेको छ ।

    images
    images
    images

    महामन्त्री थापालाई सभापति शेरबहादुर देउवासँग मिलेको र कोइरालासँग दूरी बनाएको आरोप समेत लागेको थियो । पार्टीको १४औँ महाधिवेशनमा एउटै प्यानलबाट सभापति र महामन्त्री पदमा उम्मेदवारी दिएका यी दुई नेताबीचको यो भेटले सम्बन्ध सुधारको सङ्केत गरेको छ ।

    images
    images
    images

    पछिल्ला दिनहरुमा महामन्त्री थापा वर्तमान सरकारसँग असन्तुष्ट रहेका छन् । हरेक विषयमा आफ्नो प्रतिक्रिया दिने महामन्त्री थापाले सरकारको नीति तथा कार्यक्रम र विहिवार ल्याएको बजेटमा समेत कुनै प्रतिक्रिया दिएका छैनन् । त्यस्तै कोइरालाले पनि वर्तमान सरकारको आलोचकको रुपमा आफ्ना धारणा राख्दै आएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।