Logo

२०८३, श्रावण ३०गते


images
images

ओली मेरो राजनीतिक क्यारियर समाप्त गर्न चाहन्छन् : माधव नेपाल

ओली मेरो राजनीतिक क्यारियर समाप्त गर्न चाहन्छन् : माधव नेपाल

images
  • ओली मेरो राजनीतिक क्यारियर समाप्त गर्न चाहन्छन् : माधव नेपाल
    images
    images

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुले कुनै अनुचित काम नगरेको प्रतिक्रिया दिएका छन् ।

    images
    images
    images

    रौतहटमा संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले आफुले अनुचित काम नगरेको बताउदै पतञ्जली जस्तो संस्थामा यस्तो होला भन्ने आफुले कल्पना समेत नगरेको बताए ।

    images
    images
    images

    उनले भने, ‘मैले अनुचित काम गरेको छैन । के भएको छ त्यस बारेमा जानकारी छैन । मैले पनि कानुन व्यवसायीसँग परामर्श गर्नुपर्छ । पतञ्जली जस्तो संस्थामा जग्गा प्रकरणमा यस्तो होला भन्ने मैले कल्पना समेत गरेको थिइन् । अहिले म कसैलाई आरोप लगाउन चाहन्न । कुनै खराब नियतबाट लाभ उठाएर, भ्रष्टाचार गरेर कुनै पनि कामको निम्ति आदेश दिने काम मबाट भएको छैन ।’

    images
    images
    images

    अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्यारियर समाप्त गर्ने नियत नै राखेको बताउदै भने, ‘उहाँ मेरो विरुद्ध शुरुदेखि लाग्नु भएकै हो । मेरो राजनीति क्यारियरलाई समाप्त पार्ने नियत नै हो । पहिला पनि उहाँले यस्तो किसिमको कोसिस पटक पटक गर्नु भएको हो । उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो ।’

    अख्तियारले विहिवार पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैंया बिगो मागदाबी गरेको छ । 

    मुद्धा दायर भएसँगै अध्यक्ष नेपालको सांसद पद निलम्बित भएको छ ।   भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ को व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।

    तत्कालीन प्रधानमन्त्री नेपालकै निर्देशनमा पतञ्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिईएको थियो । २०६६ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५९३ रोपनी जग्गा खरिद गरी ३५३ रोपनी हाउजिङ कम्पनीलाई बेचेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।