Logo

२०८३, श्रावण ३०गते


images
images

इरान–इजरायल युद्ध

इरानमाथिको आक्रमणमा सहभागी छैनौं, कूटनीतिक समाधान खोज्नुपर्छ : बेलायत

इरानमाथिको आक्रमणमा सहभागी छैनौं, कूटनीतिक समाधान खोज्नुपर्छ : बेलायत

images
  • इरानमाथिको आक्रमणमा सहभागी छैनौं, कूटनीतिक समाधान खोज्नुपर्छ : बेलायत
    images
    images

    काठमाडौँ । बेलायतले इरानमाथिको आक्रमणमा आफु सहभागी नहुने स्पष्ट गरेको छ ।

    images
    images
    images

    बेलायतका विदेशमन्त्री डेभिड लामीले बेलायत कुटनीतिक माध्यमबाट समस्याको समाधान गर्नुपर्छ भन्ने पक्षमा रहेको भन्दै इरानमा परमाणु हतियार हुन भने नहुने बताए ।

    images
    images
    images

    यसैबीच बेलायती प्रधानमन्त्री केयर स्टारमरले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणप्रति प्रतिक्रिया जनाएका छन् । स्टारमरले भनेका छन्, 'इरानको आणविक कार्यक्रम अन्तर्राष्ट्रिय सुरक्षाको लागि गम्भीर खतरा हो । इरानलाई कहिल्यै पनि आणविक हतियार बनाउन अनुमति दिन सकिँदैन र यो खतरा कम गर्न अमेरिकाले यो कदम चालेको छ । मध्य पूर्वको अवस्था अझै पनि धेरै संवेदनशील छ र त्यस क्षेत्रमा स्थिरता कायम राख्नु प्राथमिकता हो ।'

    images
    images
    images

    स्टारमरले इरानलाई आणविक सम्झौतामा फेरि वार्ता सुरु गर्न अपील गरेका छन् । उनले भने, 'इरानले यो संकट अन्त्य गर्न कूटनीतिक समाधान खोज्नुपर्छ ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।