Logo

२०८३, आश्विन १०गते


images
images

फिफा क्लब विश्वकप

चेल्सी र पाल्मिरास फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा

चेल्सी र पाल्मिरास फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा

images
  • चेल्सी र पाल्मिरास फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा
    images
    images

    काठमाडौँ । चेल्सी जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न नकआउट चरणको खेलमा पोर्चुगीच क्लब बेनिफिकालाई ४-१ गोल अन्तरले पराजित गर्दै चेल्सी क्वाटरफाइनलमा पुगेको हो ।

    images
    images
    images

    चेल्सीको जितमा रीच जेम्स, क्रिस्टोफर एन्कुन्कु, पेड्रो नेटो र किएरनान हलले एक एक गोल गरेका थिए । 

    images
    images
    images

    त्यसैगरी बेनिफिकाका लागि एक गोल एन्जल डी मारियाले गरेका थिए । मारियाको गोलले खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो । निर्धारित ९० मिनेटको समयमा दुवै क्लबले १-१ गोल गरेपछि थपिएको ३० मिनेटमा चेल्सीले थप ३ गोल गरेर खेल जितेको थियो ।

    images
    images
    images

    यस खेलमा खेलको इन्जुरी समयमा बेनिफिकाका गियानलुका प्रेसटियानीले रातो कार्ड पाएका थिए । 

    त्यस्तै अर्को नकआउट चरणको खेलमा ब्राजिलियन क्लब पाल्मिरास विजयी हुदै क्वाटरफाइनलमा पुगेको छ । पाल्मिरासले अर्को ब्राजिलियन क्लब वोटाफोगोलाई १-० गोल अन्तरले जित हासिल गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

    अब क्वाटरफाइनलमा चेल्सी र पाल्मिरासको सामना हुने भएको छ । यो क्वाटरफाइनल खेल जुलाई ४ मा हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फिफा क्लब विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।