Logo

२०८३, श्रावण ३०गते


images
images

पहिरोले क्षतिग्रस्त बनेका संरचनाको पुनर्निर्माणमा ढिलाइ, भिर छिचोलेर हिड्नुपर्ने बाध्यता

पहिरोले क्षतिग्रस्त बनेका संरचनाको पुनर्निर्माणमा ढिलाइ, भिर छिचोलेर हिड्नुपर्ने बाध्यता

images
  • पहिरोले क्षतिग्रस्त बनेका संरचनाको पुनर्निर्माणमा ढिलाइ, भिर छिचोलेर हिड्नुपर्ने बाध्यता
    images
    images

    रमेश बहादुर सिह, बझाङ । पहिरोले क्षतिग्रस्त बनेका संरचनाको पुनःनिर्माण नहुँदा जयपृथ्वी नगरपालिका वडा १ कैलाश पिमिका  स्थानीयवासी समस्यामा परेका छन् ।

    images
    images
    images


    कैलाशसम्म पुग्ने सडक, विद्युत्, लगायतका संरचनाको पुनःनिर्माण नहुँदा स्थानीयवासी समस्या परेका हुन् । पहिराले सयौँ स्थानमा सडक अवरुद्ध भएपछि जयपृथ्वी नगरपालिका २ देखि १ सम्म  सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा यहाँका   ३५०  परिवारका २००० जना स्थानीयवासी सडकको पहुँचबाट बाहिर छन् ।

    images
    images
    images


    आपतकालीन अवस्था आइलागे झण्डै दुई घण्टा पैदलयात्रा गरेर पहिरासहितको भिर छिचोल्नुपर्ने उनीहरुको बाध्यता छ । यस्तै पहिराले क्षतविक्षत् बनाएको विद्युत् अझैसम्म सुचारु हुन नसक्दा स्थानीयवासीको दीपावली पनि अन्धकारमा बितेको छ । स्थानीयवासीले दसैँका लागि जोहो गरेको खाद्यान्नले अहिलेसम्म गुजारा चलाइरहेका छन् ।

    images
    images
    images


    जयपूथ्बी नगर पालिका –१ पिमिका राजन सिहका अनुसार जयपूथ्बी नगर पालिका २ बाजगाउ सम्म  सडक सच्चालन   भइरहेपनि जयपृथ्वी नगरपालिका १कैलाश सम्म सडक सच्चालन हुनसकेको छैन् । “सडकमा ठूलठूला पहिरा गएका कारण उल्लेख्य काम हुन सकिरहेको छैन्”, उहाँले भन्नुभयो,  विद्युत्लगायत संरचनाको पुनःनिर्माण नहुँदा हामी धेरै समस्या छौँ ।”


    पहिराका कारण यहाँ धैरे घर  जोखिम छन भने  साथै एक दर्जन बढी परिवार प्रभावित भएका छन् । तीमध्ये तीन परिवार त छिमेकीको शरणमा बसिरहेका छन् । “सडक नखुलेर हो वा किन हो थाहा भएन । तर अहिलेसम्म यहाँ कोही राहत लिएर आइपुगेका छैनन्”, सिहले भन्नुभयो, “यसपाली त हामीलाई चाडपर्वले छोएको थिएन ।


    यहाँका स्थानीयवासी  आकस्मिक बिरामी परे अस्पतालसम्म लैजान निकै कठिन छ”, स्थानीयवासी  रबिन्द्र सिहले भन्नुभयो, “हामी त नाकाबन्दीको अवस्थामा परेका छौँ । बाटो चाँडो खुलाउन सके सहज हुन्थ्यो ।”

    लामो समयसम्म सडक अवरुद्ध बनिरहे बिरामीलाई उपचारमा लैजान, खाद्यान्नको प्रबन्ध गर्न कठिन पर्ने स्थानीयवासीको चिन्ता छ । सडक अवरुद्ध हुँदा खाद्यान्नलगायत अत्यावाश्यक सामग्रीको अभाव खड्किने अवस्था आएको कैलाश का स्थानीयवासी समेत रहनुभएका शिक्षक उकेश सिहले  बताउनुभयो ।


      बेमौसमी वर्षापछि यहाँका सबै खोला–खोल्सीमा बाढी आउनुका साथै यत्रतत्र पहिरो झरेपछि पुनःनिर्माणको कुनै पनि कार्य समयमा अगाडि बढ्न सकेको छैन् ।


    जयपृथ्वी नगरपालिका –२बाजगाउ देखि जयपूथ्बी नगर पालिका –१ पिमिसम्म बीचमा सडकमा सयौँ स्थानमा पहिरा झरेको छ । कतिपय स्थानमा सडक पहिराले बगाएको छ । यी स्थानमा सडक निर्माणमा लामो समय लाग्ने अवस्था छ । जयपृथ्वी नगरपालिका मेयर बिरेन्द बहादुर खड्काले
      पहिराले नगरपालिका  क्षतविक्षत् हुनुका साथै स्थानीयवासीले ठूलो समस्या भोगिरहँदा सरकारी निकायले उचित सहयोग र समन्वय नगरेको गुनासो गर्नुभयो ।


    “समयमै सडक सुचारु गराएर सम्भावित कठिनाई रोक्न सहयोग मागिरहेको छु”, मेयर खड्काले भन्नुभयो, “प्रशासनिक निकायले विभागीय कार्यालयलाई संरचना पुनःनिर्माणमा परिचालन नगर्दा हामीले ठूलो समस्या भोग्नु परिरहेको छ ।”


    यही असोज  ३१ देखि ३ गतेसम्म परेको वर्षाका कारण बाढीपहिरा जाँदा जयपूथ्बी नगरपालिका  क्षतिग्रस्त बनेको हो । 


    बाढीपहिराले विद्युत्, खानेपानी, सिँचाइलगायतका संरचना क्षति पु¥याउदा स्थानीयवासी समस्या भोग्न बाध्य बनेका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङ
  • # बाढीपहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।