Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल बन्दको देशैभरी प्रभाव, काठमाडौंमा ५ बन्दकर्ता पक्राउ

नेपाल बन्दको देशैभरी प्रभाव, काठमाडौंमा ५ बन्दकर्ता पक्राउ

images
  • नेपाल बन्दको देशैभरी प्रभाव, काठमाडौंमा ५ बन्दकर्ता पक्राउ
    images
    images

    काठमाडौं । मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको काठमाडौं लगायत देशैभरी प्रभाव परेको छ ।

    images
    images
    images

    सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले भने सास्ती पाएका छन् ।

    images
    images
    images

    विशेष गरी लामो यात्रा गरेर बिहानै काठमाडौं उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् । कलंकी, नयाँबसपार्क, कोटेश्वर, बल्खु, बालाजुलगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका देखिन्छन् ।

    images
    images
    images


    काठमाडौं उपत्यकाबाट बाहिरिने गाडीहरू पनि निकै कम छन् । काठमाडौं उपत्यकाभित्र निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् । तर ती पनि अघिल्ला दिनको तुलनामा कमैमात्र चलेका छन् ।


    काठमाडौं उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ । बन्दको क्रममा कुनै अप्रिय घटना नभएको काठमाडौंले जनाएको छ ।


    प्रहरीका अनुसार महाराजगञ्जबाट तीन जना र साँखुबाट दुई जना गरी पाँच जना बन्दकर्ता पक्राउ परेका छन् ।

    बन्दमा बुटवल पनि सुनसान देखिएको छ । बिहानैदेखी कुनैपनी सवारी चलेका छैनन् भने पसलहरू पनि बन्द रहेका छन् ।


    बिरगंजका सम्पूर्ण बिधालयहरु बन्द रहेको तथा सडकमा गाडिहरु न्युन रुपमा चलेको सेतोमसी संवाददाता सुरज श्रेष्ठले बताएका छन् ।


    गुल्मीमा पनि बन्दको प्रभाव परेको छ । सेतोमसी संवाददाता अनिष पन्थीका अनुसार बिहानी शत्रका विद्यालय र पसलहरू बन्द छन् । अहिलेसम्म कुनै अप्रिय घटना नभए समाचारमा जनाईएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विप्लव
  • # नेपाल बन्द
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।