चितवन । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा चितवनमा बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ११ कार्यकर्ता पक्राउ परेका छन् ।
गाडी चलाउन रोक्दै चोक-चोकमा खटिएकालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला अध्यक्ष सन्देश पौडेल, अनेरास्ववियू क्रान्तिकारीका वागमती प्रदेश इञ्चार्ज राजन साउदसहितका कार्यकर्ता छन् ।
चितवन प्रहरीका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले यातायात तथा पसल बन्द गराउँदै हिँडेकालाई पक्राउ गरिएको बताए ।विप्लव नेकपाको बन्दका कारण चितवनका मुख्य सडक तथा बजारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology