Logo

२०८३, श्रावण ३०गते


images
images

बुहारी हत्या आरोपमा हिरासतमा रहेका ७७ बर्षीय वूद्दाको हिरासतमै मृत्यु

बुहारी हत्या आरोपमा हिरासतमा रहेका ७७ बर्षीय वूद्दाको हिरासतमै मृत्यु

images
  • बुहारी हत्या आरोपमा हिरासतमा रहेका  ७७ बर्षीय वूद्दाको हिरासतमै मृत्यु
    प्रतीकात्मक तस्वीर
    images
    images

    रमेश बहादुर सिह, बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङको हिरासत भित्रै ७७ बर्षीया एक वृद्धाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–२ महर गाउँकी कृष्णादेवी रावलको शनिबार बिहान ९ बजेतिर हिरासतमै मृत्यु भएको हो ।

    images
    images
    images

    कर्तव्य ज्यान मृद्धामा कार्तिक २० गतेदेखी हिरासतमा रहेकी रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख (डिएसपी) ज्ञान बहादुर बिष्टले बताए ।

    images
    images
    images

    ‘बिहान हिरासतभित्र सुरक्षाकर्मी लगाएत हिरासतमा रहेकाहरु चिया पिईरहेका थिए, उहाँपनि चिया पिउँदै हुनुहुथ्यो, चिया पिउँदापिउँदै एक्कासी अचेत हुनुभयो’ डिएसपी बिष्टले भने–‘अचेत भएपछि जिल्ला अस्पताल पठायौ र अस्पतालले मृत घोषणा गर्यो ।’यता जिल्ला भएपछि अस्पताल बझाङका प्रमुख सन्दिप कुमार ओखेडाले मृतक रावललाई अस्पताल ल्याउनु अघि नै मृत्यु भइसकेको र पोष्टमार्टमको तयारी भइरहेको बताए ।

    images
    images
    images

    मृतक रावल र उनका छोरा जय बहादुर रावल बुहारी हत्याको आरोपमा कार्तिक २० गतेदेखी हिरासतमा थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।