Logo

२०८३, श्रावण ३०गते


images
images

नाउपाले रञ्जितालाई अध्यक्षबाट हटायो : आयोगमा दिइयो जानकारी

नाउपाले रञ्जितालाई अध्यक्षबाट हटायो : आयोगमा दिइयो जानकारी

images
  • नाउपाले रञ्जितालाई अध्यक्षबाट हटायो : आयोगमा दिइयो जानकारी
    images
    images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को विवाद चरम अवस्थामा पुगेको छ । नाउपाले रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । अध्यक्ष श्रेष्ठले विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाउदै उनलाई अध्यक्ष पदबाट हटाइएको बताइएको छ ।

    images
    images
    images

    पोखराको लिचीबारी घुस प्रकरणमा मुछिएकी श्रेष्ठले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि बहुमत केन्द्रीय सदस्य असन्तुष्ट बनेका थिए ।

    images
    images
    images

    त्यसपछि नाउपाको रामलाल डगौराको नेतृत्वमा सुनिता चौधरी र पुण्य बुढा सदस्य रहेको अनुशासन समितिले श्रेष्ठलाई २४ घण्टा भित्र स्पष्टीकरण सोधेको थियो । रञ्जिताले तोकिएको समयमा स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले आयोगलाई मंगलबार नै दिएको बताएको छ ।

    images
    images
    images

    रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएउने अनुशासन समितिको कारबाहीको निर्णय आज बसिरहेको नाउपाको राष्ट्रिय भेलाले अनुमोदन गर्ने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नाउपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।