Logo

२०८३, श्रावण ३०गते


images
images

नाउपा विवाद

नाउपाको संसदीय दलको नेता रञ्जिता श्रेष्ठ

नाउपाको संसदीय दलको नेता रञ्जिता श्रेष्ठ

images
  • नाउपाको संसदीय दलको नेता रञ्जिता श्रेष्ठ
    images
    images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेताबाट गंगाराम चौधरीलाई हटाएकी छन् । श्रेष्ठले गंगारामलाई हटाएर आफैं दलको नेता बनेको बेहोराको पत्र संसद् सचिवालयमा पठाएकी हुन् ।

    images
    images
    images

    श्रेष्ठले गंगाराम चौधरीले पार्टीको हित विपरीत कार्य गरेकाले उनलाई पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने गरी साउन ३० गते कारबाही गरेको संसद सचिवालयलाई जानकारी गराएकी छन् ।

    images
    images
    images

    श्रेष्ठले पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोमा यस नागरिक उन्मुक्ति पार्टीको निर्णयअनुसार पार्टी अध्यक्ष स्वयंले संसदीय दलको नेताको भूमिका समेत निर्वाह गर्ने उल्लेख गरेकी  छन् ।

    images
    images
    images

    पत्रमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २५ बमोजिम संसदीय दलको नेताको नयाँ विवरण अभिलेखीकरण गर्न आग्रह समेत गरेकी छन् ।

    यसअघि निर्वाचन आयोगले श्रेष्ठको नेतृत्वको नाउपाको कार्यसमितिलाई मान्यता दिएपछि उनका श्रीमान रेशमलाल चौधरी समुह छलफलमा रहको छ । रेशम समुहले लालबीर चौधरीलाई अध्यक्ष बनाएपनि निर्वाचन आयोगले मान्यता नदिएपछि नाउपा फुटको संघारमा पुगेको छ । श्रीमान श्रीमतीको विवादले आयोगले कार्तिक १७ मा हुने रुपन्देही-३ को उपनिर्वाचन समेतमा नाउपालाई दल दर्ता गरिदिएको छैन ।



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नाउपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।