गुल्मी । गुल्मी क्षेत्र नं. २ का जनप्रतिनिधि गोकर्ण बिष्टले लोकतन्त्र दिवसमा गुल्मीको पौदीअमराइमा स्वास्थ्यचौकीको शिलान्यास गर्ने भएका छन । मुसीकोट नगरपालिका वडा नं. १ स्थित पौदिअमराइममा निर्माण हुने स्वास्थ्य चौकी शिलान्यास गर्न सांसद बिष्ट भोलि गुल्मी आउन लागेका हुन ।
उक्त वडाका वडा अध्यक्ष पुर्णबहादुर हितानले सेतोमसीसंग कुरा गर्दै करिव १ करोड ४५ लाख बराबरको बजेटमा निर्माण हुने स्वास्थ्यचौकीको लोकतन्त्र दिवसको अवसर पारेर भोलि शिलान्यास गर्न लागिएको बताए ।
पुर्वमन्त्री समेत रहेका नेता बिष्ट कम बोल्ने र आफुले पाएको जिम्मेवारी इमानदारीताका साथ पूरा गर्ने नेताको रुपमा चिनिन्छन । उर्जामन्त्री र पछि श्रम तथा रोजगार मन्त्री हुँदा ताका उनले धेरै जनपक्षीय काम गरेका थिए । मन्त्री रहदाँ उनले विद्युतको बक्यौता उठाउने होस वा कतार लगायतका देशसंग श्रम सम्झौता गर्ने र शून्य लगानीमा वैदेशिक रोजगारमा जाने नियम बनाउने कार्य गरेका थिए ।
गुल्मेली जनताका बिचमा भलादमी र विकासप्रेमी नेताको पहिचान बनाएका नेता बिष्ट नेकपा एमालेको बर्तमान विवादमा माधव - झलनाथ पंक्तिमा उभिएर विधि र बिचारबाट पार्टी चलाउन पार्टी नेतृत्वलाई झकझकाइ रहेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology