Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीतिमा दलाल, माफिया र भ्रष्टाचारीको बहुल्यता हुने अवस्था देखापर्‍यो : गोकर्ण विष्ट

राजनीतिमा दलाल, माफिया र भ्रष्टाचारीको बहुल्यता हुने अवस्था देखापर्‍यो : गोकर्ण विष्ट

images
  • राजनीतिमा दलाल, माफिया र भ्रष्टाचारीको बहुल्यता हुने अवस्था देखापर्‍यो : गोकर्ण विष्ट
    images
    images

    काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले निर्वाचन ऐन संशेधन गर्ने सरकारको घोषणाको स्वागत गरेका छन् ।

    images
    images
    images

    निर्वाचन ऐन संशोधन गर्दा चार वटा विषय सम्बोधन गर्न उनको सुझाव छ ।

    images
    images
    images

    सबै भन्दा पहिले महँगो निर्वाचन प्रणालीको विषयलाई ख्याल गरिनुपर्ने उनको राय छ ।

    images
    images
    images

    ‘महंगो निर्वाचन प्रणालीको कारणले गर्दा राजनीतिमा असल, इमानदार र गरिब सामान्य अवस्थका मानसहरु आउने लगभग बन्द भएको छ’, उनी भन्छन्, ‘राजनीतिमा एक प्रकारले दलाल, माफिया र भ्रष्टाचारीहरुको बहुल्यता बढ्ने अवस्था देखा पर्यो ।’

    यसको अन्त्य गरेर साधारण मानिसहरु समेत राजनीतिमा आउने अवस्था ल्याउन जरुरी रहेको उल्लेख गर्दै उनले यस अनुसार निर्वाचन ऐन संशोधन गर्न सुझाव दिएका छन् ।

    दोस्रोमा उम्मेदवार छनोट सम्बन्धी मापदण्ड बनाइनुपर्ने उनको माग छ । ‘उम्मेदवार छनोट गर्दा सम्बन्धित पार्टी कमिटीले बहुमतले गरेको निणर्य लागू हुने व्यवस्था गरियोस्’ बुधबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने ।

    कति पटक मुख्यमन्त्री, सांसद हुन पाउन त्यो पनि तय गर्नुपर्ने उल्लेख गर्दै उनले विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिने विषय पनि निर्वाचन ऐनमा समेटिनुपर्ने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोकर्ण विष्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।