कृष्ण अन्जान,रुरु। नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिब तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टले प्रचण्ड र माधवले सपनामा पनि गठबन्धनको सपना देख्ने गरेको बताउनुभएको छ । शनिबार मदाने गाउँ कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
प्रचण्ड र माधव नेपाललाई गठबन्धन कायम रहेन भने पार्टी रहन्छ भने कुरामा विश्वास नरहेकाले सपनामा पनि गठबन्धनको सपना देख्ने गरेको बताउनुभएको हो । एक्ला एक्लै एमालेसंग चुनाव लड्ने आट अन्य पार्टीसंग नभएको विष्टले बताउनुभयो ।
आगमी निर्वाचनमा यदी सबै राजनितिक दल एमाले विरुद्ध गठबन्धन गरेर आए पनि सबैलाई निर्वाचनमा परास्त पार्ने विष्टको भनाई थियो । शेरबहादुर देउवा नेतृत्वको सरकार जनताको बहुमतबाट नभएर बम्पर उपहारबाट प्राप्त भएको विष्टले उल्लेख गर्नुभयो ।
मन्त्रीमण्डप विस्तार गर्न १ सय दिन लगाउने सरकारले जनताको समस्या र चाहाना अनुसार काम गर्न नसक्ने विष्टले बताउनुभयो । आर्थिक वर्ष सकिएको करिब ५ महिनामा विकास खर्च ७ प्रतिशत खर्च गर्ने अक्षम, अयोग्य सरकारको आफूले धेरै चर्चा गर्न आवश्यक नरहेको बताउनुभयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology