Logo

२०८३, श्रावण ३१गते


images
images

जिल्ला अदालत रुपन्देही

रवि लामिछानेको निवेदन न्यायाधीश सापकोटाको इजलासमा पेसी

रवि लामिछानेको निवेदन न्यायाधीश सापकोटाको इजलासमा पेसी

images
  • रवि लामिछानेको निवेदन न्यायाधीश सापकोटाको इजलासमा पेसी
    images
    images

    भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफुलाई जमानतमा रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर गरेको निवेदनमाथि आज सुनुवाइको पेसी चढेको छ । न्यायाधीश नारायण सापकोटाको इजलासमा निवदेनमाथि सुनुवाइका लागि पेशी चढेको हो ।

    images
    images
    images

    मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले साउन १९ गते अदालतमा निवेदन दिएका थिए । उनले निवेदनसँगै बिगो बराबरको रकम बैंक ग्यारेण्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएका छन् । 

    images
    images
    images

    निवेदन उपर लामछिाने र सरकारी वकिलको तर्फबाट बहस हुनेछ । त्यसपछि इजलासले आदेश गर्नेछ । निवेदन दर्ता भएको साउन १९ गते नै अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पक्षहरूलाई पेशीको सूचना दिने आदेश गरेको थियो । साउन २० गते न्यायाधीश प्रल्हाद कुमार योगी र साउन २१ न्यायाधीश दिपेन्द्र थापा मगरको इजलासमा चढेको पूरक पेशी लामिछानेका कानुन व्यवसायीबाट स्थगित भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।