Logo

२०८३, श्रावण ३०गते


images
images

सहकारी ठगी प्रकरण

जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा रवि लामिछाने

जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा रवि लामिछाने

images
  • जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा रवि लामिछाने
    images
    images

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका छन् ।

    images
    images
    images

    सुप्रिम बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा लामिछानेले आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छोड्न दिएको निवेदन जिल्ला अदालत रुपन्देहीले अस्वीकार गरेपछि लामिछाने उच्च अदालत गएका हुन् ।

    images
    images
    images

    लामिछानेका कानुन व्यवसायीले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गरेका छन् । गत साउन २६ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले रवि लामिछानेको निवेदनमा आदेश दिदै बैंक ग्यारेन्टीमा छोड्न अस्वीकार गरेको थियो । लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश अनुसार गत चैत २२ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका छन् ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।