काठमाडौं । सरकारले सहकारीको रकम अपचलनमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ । संसदीय छानबिन समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरी अनुसन्धानमा ल्याउनु भनेका ५५ जनालाई पक्राउ गर्ने तयारी गरेको हो ।
सहकारी ठगीमा संलग्न गोरखा मिडिया नेटवर्क सञ्चालक एवं पूर्व डिआइजी छविलाल जोशीलाई प्रहरी केहीबेर अघि पक्राउ गरेको छ ।
त्यस्तै गोरखा मिडिया नेटवर्ककै पूर्व सञ्चालक एवं रास्वाप सभापति रवि लामिछाने र कांग्रेस उपसभापति धनराज गुरुङलाई समेत आइतबार नै पक्राउ गर्ने तयारी प्रहरीले गरेकाे छ । उनीहरुलाई पक्राउ गर्न प्रहरी प्ररिचालन गरिएको छ ।
असोज २ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले आइतबार नै प्रहरी मुख्यालय पुगेर निर्देशन दिएका थिए ।
सभापति रवि लामिछानेलाई पक्राउ गर्ने सरकारी तयारीसंगै रास्वपाले काठमाडौंमा उपलब्ध कार्यकर्तालाई आकस्मिक भेलाको लागि आह्वान गरेको छ । यतिबेला पार्टी कार्यालयमा कार्यकर्ताको भिड बढेको जनाईको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology