काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।
गोरखा मिडियाका सञ्चालक समेत रहेका जोशीलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।
जोशीलाई पक्राउ गरेसंगै छानविन समितिले नाम उल्लेख गरेका रास्वपा सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेलाई समेत पक्राउ गर्ने तयारीमा सरकार रहेको बुझिएको छ । आजै गृहमन्त्री रमेश लेखकले संसदीय समितिको प्रतिवेदन अनुसार कार्वाही अघि बढाउन निर्देशन दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology