Logo

२०८३, श्रावण ३०गते


images
images

सहकारी ठगी प्रकरण : पूर्व डीआईजी जोशीलाई बयानका लागि काठमाडौं ल्याइयो

सहकारी ठगी प्रकरण : पूर्व डीआईजी जोशीलाई बयानका लागि काठमाडौं ल्याइयो

images
  • सहकारी ठगी प्रकरण : पूर्व डीआईजी जोशीलाई बयानका लागि काठमाडौं ल्याइयो
    images
    images

    काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ ।

    images
    images
    images

    उनलाई विमानमार्फत मंगलबार साँझ काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ ल्याण्ड भएका जोशीलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा लगिँदैछ ।

    images
    images
    images

    कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि बयानका लागि पोखराबाट ल्याइएको परिसरका एक अधिकृतले बताए । जोशीसँग भोलि बुधबारबाट बयान लिने प्रहरीको तयारी  छ ।

    images
    images
    images

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमै पक्राउ पूर्जी जारी भएपछि पोखराबाट कुमार रम्तेललाई काठमाडौं झिकाएर बयान लिइएको थियो । शनिबार काठमाडौं ल्याइएका रम्तेललाई बयान सकेर मंगलबार फिर्ता पठाइएको छ ।

    जोशीको पनि बयान सकेर पोखरा फिर्ता पठाउने प्रहरीको तयारी छ । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि काठमाडौं झिकाइने परिसर स्रोतले बतायो ।

    छ सय ४५ बचतकर्ताले जाहेरी दिएपछि यो सहकारी ठगीको प्रहरी वृत्त कालीमाटीले अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान गरिरहेको छ । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    लामिछाने र जोशीविरुद्ध आइतबार मात्रै स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी भएको थियो ।

    जोशी ६ असोज र लामिछाने २ कात्तिकदेखि प्रहरी हिरासतमा छन् । उनीहरुमाथि पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारीमा पनि अनुसन्धान भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।