Logo

२०८३, श्रावण ३०गते


images
images

पेशागत सीप विकास

महिला उद्यमशीलताको सरकारले नेतृत्व लिनुपर्छ : अध्यक्ष प्रचण्ड

महिला उद्यमशीलताको सरकारले नेतृत्व लिनुपर्छ : अध्यक्ष प्रचण्ड

images
  • महिला उद्यमशीलताको सरकारले नेतृत्व लिनुपर्छ : अध्यक्ष प्रचण्ड
    images
    images

    भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको उद्यमशीलता र पेशागत सीप विकासका अभियानमा सरकारले सक्रिय नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

    images
    images
    images

    भक्तपुरको थिमी ब्याङ्क्वेटमा युथ इको नेपालले आयोजना गरेको एसिया लार्जेस्ट मेकअप वर्कसपको समापन सत्रमा प्रमुख अतिथिका रूपमा बोल्दै उनेः भने, “म यो कार्यक्रम र महिला दिदीबहिनीको सहभागिता देखेर प्रभावित भएको छु। यस किसिमको काममा सरकारले नेतृत्व लिन आवश्यक छ। म पूर्वप्रधानमन्त्रीको हैसियतले पनि त्यसका निम्ति पहल गर्ने प्रतिबद्धता जनाउँछु।”

    images
    images
    images

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले सहभागी युवा महिलाहरूको लगन, मिहिनेत र उत्साहप्रति खुसी व्यक्त गरे ।

    images
    images
    images

    कार्यक्रममा सहभागी युवा महिलाहरूलाई प्रतीकात्मक रूपमा ‘बन्दुकविहीन महिलाहरूको सेना’सँग तुलना गर्दै यस्तो कदमले देशभरका महिलालाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै उनले भने, “हामीले सरकारमा रहदा युवा उद्यमशीलताको विशेष कदम चाल्दै आएका छौं । जनयुद्वमा पनि हामी महिलामाथि  हुने विभेदका विरुद्ध विद्रोह गर्यौं र त्यसमा महिलाहरूले उत्साहपूर्ण सहभागिता भयो । अहिले मेकअप वर्कसपमा सहभागी तपाइँहरूको उत्साहले मलाई तपाईहरू बन्दुकविहीन महिला सेनाको रूपमा हेरेको छु । तपाईहरूबाट देश भरका महिला दिदिबहिनिहरूले प्रेरणा लिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहान्छु ।"

    मेकअप वर्कसपमा  देशभरिबाट २,१३१ जना सहभागी भई एकदिने मेकअप तालिम लिनुभएको थियो ।  कार्यक्रमले ‘एसिया लार्जेस्ट मेकअप वर्कसप’ रेकर्ड समेत राखेको छ । सो अवसरमा अध्यक्ष प्रचण्डले ‘एसिया लार्जेस्ट मेकअप वर्कसप’ को प्रमाणपत्र आयोजक लाई हस्तान्तरण समेत गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।