Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास जरुरी : प्रचण्ड

राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास जरुरी : प्रचण्ड

images
  • राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास जरुरी : प्रचण्ड
    images
    images

    काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि आर्थिक विकास र समृद्धिको योजनालाई सँगसँगै अगाडि बढाउनुपर्ने बताए ।
    वाम–लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले आज यहाँ आयोजना गरेको निर्वाचन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनलाई स्थायी बनाउनका लागि जनचाहना बमोजिमको आर्थिक विकास जरुरी रहेको बताएका हुन् ।

    images
    images
    images

    आर्थिक समृद्धिको अभियानलाई अगाडि बढाउन नसके राजनीतिक उपलब्धी दिगो हुन नसक्ने उल्लेख गर्दै उनले यस क्षेत्रको जनचाहना पूरा गर्न सक्ने व्यक्तित्वलाई यस क्षेत्रको उम्मेदवार बनाएको स्पष्ट पारे।उनले गठबन्धन दलमा आवद्ध नेता तथा कार्यकर्तालाई कुनै पनि हिनताबोध नराखी एक अर्काको दलको निर्वाचन चिह्नमा मतदान गर्न आग्रह गर्दै केही ऐतिहासिक तथ्य र घटनाक्रमको समेत स्मरण  गरे । 

    images
    images
    images

    उनले  २०४६ सालको जनआन्दोलन वाम–लोकतान्त्रिक गठबन्धनको बलमा नै भएको र २०६२÷६३ को जनआन्दोलन तत्कालिन सात राजनीतिक दल र माओवादीको जोड बलमा नै स्म्पन्न भएको बताए ।

    images
    images
    images

    अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौतामा नेपाली कांग्रेसका तत्कालीन साभापति गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट आफूले हस्ताक्षर गरेर कांग्रेसको निर्वाचन चिह्न रुख र माओवादीको चिह्न हसिया हथौंडालाई एक अर्काले स्वीकार गरेको बताए । उनले भने, “हामीले एक अर्कालाई स्वीकार गरेका छौँ । कुनै पनि दुविधा नराखी मतदान गर्न म सबैलाई आग्रह गर्दछु ।”

    गठबन्धनका तर्फबाट यस क्षेत्रमा पहिलो कार्यक्रम आयोजना गरिएकामा धन्यवाद दिँदै उनले क्षेत्र नं २ का मतदाताप्रतिको सम्मान पनि भएको बताए । उनले गठन्धनका उम्मेदवारलाई विजयी गराएर इतिहास कायम गर्न आग्रह गरे ।

    गठबन्धनका तर्फबाट ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने नारा तय गरिएको उनले जानकारी दिए । सभामुखका रुपमा देश र जनताको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी ओनसरी घर्तीलाई यस क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारका रुपमा अगाडि सारिएको जानकारी दिदै । 

    उनले शान्ति सम्झौता, संविधानसभाबाट संविधान, प्रतिगनम विरुद्धको आन्दोलनलगायत राजनीतिक उपलब्धीको स्मरण गर्दै आर्थिक समृद्धि र स्थायीत्वका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै ।सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राज्यका सर्वोच्च पदहरूमध्येको एक सभामुखको जिम्मेवारी सम्हालेकी ओनसरीलाई साझा उम्मेदवारको रुपमा यस क्षेत्रले पाएको र यो विषय आफैमा गौरवको भएको बताए । 

    गठन्धनका दलले यसलाई प्रतिष्ठाको विषय बनाउनुपर्नेमा जोड दिँदै पूर्व प्रधानमन्त्री नेपालले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको, लोकतन्त्र र संविधान जोागाउन वाम–लोकतान्त्रिक गठबन्धनले भूमिका खेलेको बताए ।

    जनअधिकारको रक्षा र मुलुकको विकासका लागि पनि गठबन्धनको विजय जरुरी रहेको उल्लेख गर्दै उनले विगतदेखि थाती रहेका कामलाई समेत पूरा गराएरै छाडिने विश्वास व्यक्त गरै। भविष्य गठबन्धन दलकै रहेको स्पष्ट पार्दै पूर्व प्रधानमन्त्री नेपालले मुलुकमा गर्नुपर्ने धेरै काम सम्पन्न गरेरै छाडिने दृढता व्यक्त गरे ।

    जनताको भावना र चाहनालाई सम्बोधन गर्न सक्ने उम्मेदवार यस क्षेत्रले पाएको भन्दै उनले विकासको नयाँ श्रृखला अगाडि बढ्ने बताए । यस क्षेत्रलाई स्मार्ट सिटीको रुपमा विकास गर्न सक्ने योजना आफूहरूसँग रहेको भन्दै अध्यक्ष नेपालले कोटेश्वरदेखि साँखुसम्मलाई स्मार्ट सिटिको रुपमा विकास गर्न सकिने स्पष्ट पारे । उनले निर्वाचन अभियानलाई सक्रियताका साथ अगाडि बढाउन गठबन्धन दलका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उनले विगतमा आफूलाई जिम्मेवारी दिइएको यस क्षेत्रलाई आगामी दिनमा नेतृत्व गर्ने जिम्मेवारी उम्मेदवार घर्तीलाई दिन समेत आग्रह गरे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।