Logo

२०८३, श्रावण ३०गते


images
images

लोसपाको पार्टी प्रवेश तथा आम सभा कार्यक्रम सम्पन्न , दर्जनौं नेता कार्यकर्ता लोसपामा प्रवेश

लोसपाको पार्टी प्रवेश तथा आम सभा कार्यक्रम सम्पन्न , दर्जनौं नेता कार्यकर्ता लोसपामा प्रवेश

images
  • सेतोमसी सहकर्मी
  • लोसपाको पार्टी प्रवेश तथा आम सभा कार्यक्रम सम्पन्न , दर्जनौं नेता कार्यकर्ता लोसपामा  प्रवेश
    images
    images

    प्रिन्स मिश्रा,कपिलवस्तु । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्त ठाकुरले मधेशी जनता प्रतिको विभेद र दुर्व्यवहार अझै पनि कायम रहेको बताएका छन । जुनसुकै पार्टीको सरकार आए पनि मधेश र मधेशी माथि विभेद गर्दै आएको बताउँदै मधेशीहरुको मुद्दाहरु अहिले पनि समाधान नभएको बताए ।

    images
    images
    images

    उनले भने ‘जबसम्म मुद्दा समाधान हुँदैन तबसम्म हाम्रो संघर्ष जारी रहन्छ । मधेसीहरु माथि पटक–पटक विभेद र दु्रव्यवहार भइरहेको छ। कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा आयोजित पार्टी प्रवेश तथा बृहत आम सभालाई सम्बोधन गर्दै ठाकुरले बताएका हुन् ।

    images
    images
    images

    ठाकुरले राज्यका सबै निकायमा मधेशीहरुको प्रतिनिधित्व नभएको भन्दै समान सहभागिताको माग समेत गरेका छन । जनसंख्याको आधारमा मधेशीको संख्या बढी भएतापनि सहभागिता भने न्यून रहेको भन्दै अध्यक्ष ठाकुरले आफू मधेशी जनताको हक अधिकारको पक्षमा सँधै काम गर्ने लोसपा लुम्बिनी प्रदेश संयोजक रविदत्त मिश्रले प्रतिवद्धता जनाए छन ।

    images
    images
    images

    आफ्ना पार्टीका नेता कार्यकर्तालाई सचेत भएर बस्न आग्रह गर्दै मधेशी जनताले आफ्नो अधिकार अहिलेसम्म नपाएकोले जनताको अधिकार दिलाउन लोसपाको संघर्ष जारी रहने पनि मिश्रले दाबी गरे । कार्यक्रममा बिभिन्न पार्टी परित्याग र नयाँ सदस्य गरी ६०० देखी ८०० नेता र कार्यकर्ता लोसपा नेपालमा प्रवेश गरेका राष्ट्रिय विद्यार्थी संघ कपिलवस्तुका जिल्ला अध्यक्ष दिपेन्द्र चौधरीले बताएका छन ।

    कार्यक्रममा लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी र लोसपा केन्द्रिय कार्यकारिणी समिति सदस्य अनिल झा, लोसपा लुम्बिनी प्रदेश संयोजक रविदत्त मिश्र , लोसपा कार्यकारिणी समिति सदस्य अकवाल अहमद शाह , कपिलवस्तु जिल्ला अध्यक्ष कैलाश अग्रहरि लगाएतका नेताहरुले आफ्ना भनाई राखेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लोसपा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।