Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

जसपा नेपाल र लोसपाबीच एकीकरणमा हस्ताक्षर : महन्थ संरक्षक र उपेन्द्र अध्यक्ष

जसपा नेपाल र लोसपाबीच एकीकरणमा हस्ताक्षर : महन्थ संरक्षक र उपेन्द्र अध्यक्ष

images
  • जसपा नेपाल र लोसपाबीच एकीकरणमा हस्ताक्षर : महन्थ संरक्षक र उपेन्द्र अध्यक्ष
    images
    images

    काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बीच भएको एकीकरण सम्बन्धी सम्झौता भएको छ । आइतबार भएको एकीकरणसम्बन्धि १२ बुँदे सम्झौता भएको हो । 

    images
    images
    images

    सम्झौतामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन् । एकीकरणपछि दुवै दलले ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरेका छन् । जसमा महन्थ ठाकुर पार्टीको संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहेका छन् ।

    images
    images
    images

    जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बीच भएको एकीकरण सम्बन्धी सम्झौता निम्न बमोजिम रहेका छन् ।

    images
    images
    images

    १- मिति २०८२ पौष १३ गते जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच सहमति भई एकीकरण गर्ने संयुक्त प्रेस विज्ञप्ति जारी गरियो । उक्त विज्ञप्तिलाई आधार मानी एकीकरण प्रक्रिया अगाडी बढाउने ।

    २- जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण गरी जनता समाजवादी पार्टी, नेपाल कायम राख्ने सहमति गरियो ।

    ३- पार्टीको चुनाव चिन्ह छाता रहनेछ ।

    ४- पार्टीको झण्डा)सर (माथि रातो विचमा सेतो र तल्लो भागमा हरियो) हुनेछ । झण्डाको विच भागमा ढल्केको छाता रहनेछ ।

    ५- जनता समाजवादी पार्टी, नेपाल एकीकृत रूपमा संचालन गर्न एक केन्द्रीय समन्वय समिति रहनेछ । केन्द्रीय समन्वय समिति ४३ सदस्यीय रहनेछ र केन्द्रीय समन्वय समितिले आफू मध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्नेछ ।

    ६- दुबै पार्टीमा रहेको केन्द्रीय समिति समायोजन नहुन्जेलसम्मका लागि केन्द्रीय समन्वय समिति पार्टीको सङ्गठन संचालन, परिचालन, निर्देशन तथा निर्णायक समिति हुनेछ ।

    ७- जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मातहतका सबै तह र निकायका सङ्गठनहरू, भ्रातृ सङ्गठनहरू, शुभेच्छुक सङ्गठनहरू, विभागहरू, संयन्त्रहरू समेत जनता समाजवादी पार्टी, नेपालको मातहतमा रही केन्द्रीय समन्वय समितिको निर्णयानुसार कार्य गर्नेछ ।

    ८- पार्टी सङ्गठन र पार्टीप्रति आवद्ध सङ्गठनहरूबीच समायोजन नहुन्जेलसम्म आ-आफ्नो स्थान र कार्यक्षेत्रमा पार्टीको मातहत रही क्रियाशील रहनेछ ।

    ९- २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभाको उम्मेदवारको लागि पेश गरिने मनोनयन पत्रमा समन्वय समितिबाट हुने निर्णयानुसार हस्ताक्षर महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा गर्नु हुनेछ ।

    १०- दुबै पार्टीको एकीकरण सम्बन्धी थप प्रक्रिया राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र प्रचलित कानुन अनुसार अगाडी बढाइनेछ ।

    ११- केन्द्रीय समन्वय समितिका निर्णयहरू पार्टीका संरक्षक एवं अध्यक्षले प्रमाणिकरण गर्ने छन् ।

    १२- केन्द्रीय समन्व समितिआमा महन्थ ठाकुर पार्टीको संरक्षक र उपेन्द्र यादव अध्यक्षसहित ४३ सदस्य रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जसपा नेपाल
  • # लोसपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।