प्रिन्स मिश्रा, कपिलवस्तु । कपिलवस्तु ३ को प्रदेश सभा ‘१’ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट चुनाव लडेर ६ मतान्तरले प्रदेश सभा सदस्यमा पराजित भएका रवीदत्त मिश्रा सर्वोच्च अदालत पुगेका छन। कपिलवस्तु ३ को प्रदेश सभा ‘१’ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट चुनाव लडेका मिश्रा नेकपा एमालेका उम्मेदवार अर्जुन केसीसंग ६ मतान्तरले पराजित भएका थिए ।
मतगणना गर्ने क्रममा यो निर्वाचन क्षेत्रमा विवाद भएको थियो । जारी विवादका बीच मतगणना सकिएपछि मिश्रा सन्तृष्ट छैनन् । उनले निर्वाचनको मतगणनामा धाधली भएको भन्दै मतपरिणामलाई अस्विकार गरेका छन । मतगणनामा एमालेको प्रलोभनमा परेर आफूलाई मतगणनाका कर्मचारीले चुनाव हराएको उनको आरोप छ । उनले पुनः मतगणनाको माग राखेका छन ।
पुनः मत गणना गर्न निर्वाचन अधिकृतको कार्यालय पुगे तर निर्वाचन अधिकृतको कार्यालयले नमाने पछि सर्वोच्च अदालतमा मुद्धा हाल्ने तयारी गरिरहेको उनले मिश्राले जानकारी दिएका छन । निर्वाचनमा ४२ हजार १०२ मत खसेको तर मतपेटिकामा ४ सय ५७ मत गायब भएको उनको आरोप छ ।