Logo

२०८३, आश्विन ११गते


images
images

टप इन्ड टी-२० सिरिज

टप इन्ड टी-२० सिरिजमा आज नेपाल मेलवर्न रेनेगेड्सविरुद्ध खेल्दै

टप इन्ड टी-२० सिरिजमा आज नेपाल मेलवर्न रेनेगेड्सविरुद्ध खेल्दै

images
  • टप इन्ड टी-२० सिरिजमा आज नेपाल मेलवर्न रेनेगेड्सविरुद्ध खेल्दै
    images
    images

    काठमाडौँ । अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो पाँचौं खेलमा अस्ट्रेलियाको बिग बास लिग टिम मेलवर्न रेनेगेड्ससँग खेल्दै छ । यो खेल नेपाली समय अनुसार विहान ११: १५ बजेदेखि शुरु हुदैछ । यो खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभी म्याक्सबाट हुने भएको छ ।

    images
    images
    images

    नेपालले सिरिजमा यस अघि खेलेका चार खेलमा एक जित र तीन खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा एनटी स्ट्राइकसँग, दोस्रो खेलमा बंगलादेश ए सँग र तेस्रो खेलमा मेलवर्न स्टार्ससँग हार बेहोरेको थियो भने चौथो खेलमा होबार्ट हुरीक्यान्सलाई पराजित गरेको थियो । त्यस्तै मेलवर्न रेनेगेड्सले अहिलेसम्म खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) ले टप इन्ड टी-२० सिरिज खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम अस्ट्रेलिया पठाएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र शहाब आलम रहेका छन् ।

    images
    images
    images

    अस्ट्रेलियाको नार्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता अगस्त १४ देखि २४ सम्म अस्ट्रेलियाको डर्विनमा हुदै छ । प्रतियोगितामा नेपालसहित पाकिस्तान र बंगलादेशका ए टिम सहभागी हुदैछन् भने शिकागो किंग्समेन, होबर्ट हुरीकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, एसिटी कमेट्स र एनटी स्ट्राइक सहभागी हुदैछन् ।

    यस प्रतियोगितामा नेपालले अब अन्तिम खेल २२ अगस्तमा पाकिस्तान ए सँग खेल्ने तालिका रहेको छ । यी खेलपछि शिर्ष चार स्थानमा हुने टिम सेमिफाइनलमा खेल्ने आयोजकले जानकारी दिएको छ । २०२२ देखि भएको यो प्रतियोगिता यसअघि तीन पटक भएको छ । २०२२ मा ५ टिमबाट शुरु भएको यो प्रतियोगितामा यस पटक ११ टिमले भाग लिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टप इन्ड टी-२० सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।