Logo

२०८३, आश्विन ११गते


images
images

टप इन्ड टी-२० सिरिज

नेपालको टप इन्ड टी-२० सिरिजमा लगातार तेस्रो हार

नेपालको टप इन्ड टी-२० सिरिजमा लगातार तेस्रो हार

images
  • नेपालको टप इन्ड टी-२० सिरिजमा लगातार तेस्रो हार
    images
    images

    काठमाडौँ । नेपालले जारी टप इन्ड टी-२० सिरिजमा लगातार तेस्रो हार बेहोरेको छ । सोमवार बिहान सम्पन्न खेलमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले हार बेहोरेको हो ।

    images
    images
    images

    मेलवर्न स्टार्सले दिएको १७६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १४४ रन बनाएको थियो ।  नेपालका लागि आसिफ सेखले ५३ रन बनाए भने कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन बनाएका थिए ।  

    images
    images
    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मेलवर्न स्टार्सले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । मेलवर्नका लागि ब्लाक म्याकडोनाल्डले ७४ र थोमस रोजर्सले ६५ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र शहाब आलमले एक एक विकेट लिएका थिए । यो सिरिजमा नेपालको लगातार तेस्रो हार हो । नेपालले यस अघि बंगलादेश ए र एनटी स्ट्राइकसँग हार बेहोरेको थियो । त्यस्तै मेलवर्न स्टार्सको भने तीन खेलमा यो दोस्रो जित हो ।   

    नेपालले अब अर्को खेल भोली होबर्ट हुरिक्यान्ससँग खेल्ने तालिका छ भन २० अगस्तमा मेलवर्न रेनेगेड्स र २२ अगस्तमा पाकिस्तान ए सँग खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टप इन्ड टी-२० सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।