Logo

२०८३, श्रावण ३०गते


images
images

सडक दुर्घटना

अफगानिस्तानमा सडक दुर्घटनामा ७३ जनाको मृत्यु

अफगानिस्तानमा सडक दुर्घटनामा ७३ जनाको मृत्यु

images
  • अफगानिस्तानमा सडक दुर्घटनामा ७३ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । अफगानिस्तानमा भएको सडक दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १७ बालबालिका रहेको मिडिया रिपोर्टमा उल्लेख छ । इरानबाट उद्धार गरिएका अफगान आप्रवासीहरू बोकेको बस आगलागी भएको बताइएको छ ।

    images
    images
    images

    तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्लाह मुत्ताकीले काबुल जाँदै गरेको बसमा आगलागी भएको बताए । बसमा रहेका सबैको मृत्यु भयो र यससँगै ठोक्किएका दुई सवारी साधनमा रहेका दुई जनाको पनि मृत्यु भएको बताइएको छ ।

    images
    images
    images

    हालैका महिनाहरूमा, इरानले आफ्नो देशमा द्वन्द्वका कारण भागेका अफगानहरूलाई निष्कासन गर्ने प्रक्रिया बढाएको छ । १९७० को दशकदेखि लाखौं अफगानीहरू इरान र पाकिस्तान भागेका थिए । यसमा १९७९ मा अफगानिस्तानमा सोभियत संघको आक्रमण र २०२१ मा तालिबान सत्तामा फर्किएपछि ठूलो संख्यामा मानिसहरू इरान गएका थिए ।

    images
    images
    images

    पछिल्लो समय इजरायलको इरानमाथिको आक्रमणपछि अफगानीहरुले इजरायलका लागि जासुसी गरेको पाइएपछि इरानले अफगानीहरुलाई देश निकाला गर्ने अभियाननै चलाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।