काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिकबाहिर गएको बताएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।
शुभकामना दिँदै उनले अहिलेकको राजनीतिक अवस्थामा संसद संसद जस्तो नभएको, राजनीति राजनीतिजस्तो नभएको र अदालत अदालतजस्तो नभएर रण मैदान जस्तो भएको बताए । उनले नेताप्रति जनताको विश्वास गुमेको अवस्था रहेको बताउँदै गाउँमा नेताहरु पुग्दा कुन चाहिँ चोर आएछ भनेर जनताले घृण गर्न थालेको बताए ।
नेतृत्वको छवि सुधार्ने अवसरका रुपमा लिन नेताहरुलाई आग्रह गर्दै उनले २०४७ सालपछि नफुटेको कुनै पनि राजनीतिकदलहरु नरहेको र सबैभन्दा कान्छो दल विवेकशील पार्टीसमेत फुटेको अवस्थामा हामी कहाँ चुक्यौँ थाहा पाउनुपर्ने अवस्था आएको बताए ।
नेपालको राजनीतिमा यो समय महाधिवेशनको महिना रहेको उनले उल्लेख गर्दै उनले कांग्रेसकाे महाधिवेशनले सफल नेतृत्व चयनदगर्न सकाेस भन्ने शुभकामना दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology