Logo

२०८३, श्रावण ३०गते


images
images

महाधिवेशनका नाममा एमाले,कांग्रेसले भीड मात्रै जम्मा पारे, हामी विचार निर्माण गर्छौं : प्रचण्ड

महाधिवेशनका नाममा एमाले,कांग्रेसले भीड मात्रै जम्मा पारे, हामी विचार निर्माण गर्छौं : प्रचण्ड

images
  • महाधिवेशनका नाममा एमाले,कांग्रेसले भीड मात्रै जम्मा पारे, हामी विचार निर्माण गर्छौं : प्रचण्ड
    images
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनका नाममा एमाले र कांग्रेसले भिड मात्रै जम्मा गरेको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    शनिबार पार्टीको प्रदेश सम्मेलनको संयुक्त उद्घाटन गर्दै प्रचण्डले एमाले र कांग्रेस विचारहिन र सिद्दान्तहिन बनेको आरोप समेत लगाए।

    images
    images
    images

    ‘अरु पार्टीले महाविधेशन भनेर भिड जम्मा गर्ने गरेका छन्,’ प्रचण्डले भने, ‘एमालेले पञ्च र्याली गर्‍यो । त्यो निभ्ने बेलाको बत्ति मात्रै हो । त्यहाँ माक्र्सवादको म पनि उच्चरण गरिएन । त्यहाँ व्यक्ति पुजा गरियो । 

    images
    images
    images

    प्रचण्डले कांग्रेसमा पनि उम्मेवारी मनोनय र चुनावमात्रै हुने र विचारको बहस नहुने आरोप लगाए। ‘कांग्रेसको त झन हामीले हेरिरहेका छौं,’ उनले भने, ‘विचारको बहस छैन् । खाली उम्मेदवारी दर्ता र चुनाव मात्रै छ ।’ 

    उनले राष्ट्रिय सम्मेलनमा आफूहरुले अनावश्यक तामझाम नगर्ने जानकारी दिए । प्रचण्डले भने, ‘हामी ८ लाख सदस्य भएको पार्टी हो । हामी त्यो भन्दा ठूला तामझाम गर्न सक्छौं । त्यो गरौंला पनि कुनै दिन । तर, यसपाली हामी विचार केन्द्रित हुने छौं ।’

    आफूले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने प्रतिवेदन लेखिरहेको बताउँदै प्रचण्डले त्यो निरन्तरतामा क्रमभंग गर्ने खालको हुने दावी गरे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।