काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्यमा केही नेताहरूलाई मनोनीत गरेको छ । विधानत: ५ प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था अनुसार जारी केन्द्रीय कमिटी बैठकले उनीहरूलाई मनोनीत गरेको हो ।
एमालेको मनोनयनमा परेकाहरूमा दुर्गा प्रसाई, विशाल भट्टराई, लालबाबु पण्डितलगायतका नेताहरू छन् । अध्यक्षमा पराजित भीम रावल भने मनोनीतमा परेनन् । केन्द्रीय सदस्यमा मनोनीत हुन उनले नमानेको बताइएको छ । महाधिवेशनमा केन्द्रीय सदस्य चुनिएका उनले केन्द्रीय सदस्यको जिम्मेवारी अस्वीकार गरेका थिए ।
त्यस्तै एमालेको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका लालबाबु पण्डितलाई पनि केन्द्रीय सदस्य मनोनीत गरिएको छ । उनी महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । तर, पदमा बस्न अस्वीकार गरेका थिए ।
४४ जना केन्द्रीय कमिटी सदस्यमा दल फडेरा, मानवीर राई, ऐन महर, चद्रमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बाँस्कोटा, विशाल भट्टराई, दुर्गा प्रसाईं रहेका छन् ।
त्यस्तै उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, सुवास देवकोटा, भीम केसी, लालबाबु पण्डित, चुडादेव सिंह लामा, विषमलाल अधिकारी, रेशम लामा, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विश्वकर्मालाई पनि केन्द्रीय सदस्यमा मनोनीत गर्ने ओलीको प्रस्ताव छ ।
यसैगरी इन्दिरा गौतम, सरस्वती चौधरी, युमना रोका, उमा कोइराला, कल्पना चापागाईं, आशा विक, नैनकला ओझा, मञ्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जेल, गीता कार्की, शान्ति अधिकारी, रुक्मणी राणा, सविता थादव, तारादेवी गुरुङ पनि मनोनीत गर्ने प्रस्ताव छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology