Logo

२०८३, श्रावण ३१गते


images
images

लुम्बिनी सांस्कृतिक नगरपालिकाका शोकमा

लुम्बिनी सांस्कृतिक नगरपालिकाका शोकमा

नगरपार प्रमुख मुसलमानको साँझ ५ बजे अन्तिम संस्कार गरिने
images
  • लुम्बिनी सांस्कृतिक नगरपालिकाका शोकमा
    images
    images

    लुम्बिनी । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमानको शनिबार साँझ ५ बजे अन्तिम संस्कार गरिने भएको छ । उनको शव हाल लुम्बिनी सांस्कृतिक नगरपालिका–३, पडरियास्थित आफ्नै निवासमा राखिएको छ, जहाँ शुभचिन्तक, आफन्त, राजनीतिक सहकर्मी र स्थानीय बासिन्दाहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

    images
    images
    images

    ७२ वर्षीय मुसलमानको शनिबार बिहान अचानक हृदयघातका कारण निधन भएको थियो । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपचारका लागि भैरहवा लैजाने क्रममा बाटोमा निधन भएको स्थानिय प्रल्हाद यादवले जानकारी दिए ।

    images
    images
    images

    उनको अन्तिम संस्कार पडरिया मस्जिद परिसरमा इस्लाम धर्मपरम्परा अनुसार गरिने तयारी गरिएको छ । मस्जिद परिसरमा स्थानीय मुस्लिम समुदायसँगै विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा नजिकका साथीभाइको उपस्थिति रहने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    images
    images
    images

    सजरुद्धिन मुसलमान गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुखमा विजयी भएका थिए । सामाजिक विकास, सहकार्य र धार्मिक सहिष्णुताका पक्षधर नेता मुसलमानले आफ्नो कार्यकालमा स्थानीय पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रको प्रवर्द्धनमा विशेष ध्यान दिएका थिए ।

    उनको असामयिक निधनले नगरपालिका मात्र नभई समग्र लुम्बिनी क्षेत्र नै शोकमा डुबेको छ । स्थानीयवासीहरूले जनमुखी र सरल स्वभावका कारण मुसलमानलाई सर्वसाधारणका प्रिय नेता भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।