लुम्बिनी । लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलमानको आकस्मिक निधनप्रति श्रद्धाञ्जलीस्वरूप सोमबार नगरपालिका मातहतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था (अति आवश्यक सेवा बाहेक) र शैक्षिक संस्थाहरु बन्द रहने भएका छन् ।
नगर उपप्रमुख कल्पना हरिजनका अनुसार नगर कार्यपालिकाको निर्णयअनुसार प्रमुख मुसलमानको निधनप्रति शोक व्यक्त गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । साथै, मिति १६, १७ र १८ गते तीन दिनसम्म नगरपालिका र मातहतका सम्पूर्ण कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने जनाइएको छ ।
७२ वर्षीय मुसलमानको शनिबार बिहान अचानक हृदयघातका कारण निधन भएको थियो । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपचारका लागि भैरहवा लैजाने क्रममा बाटोमा निधन भएको हो । उनको शनिबार नै इस्लाम परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । उनि गत निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology