दिनेश प्रसाद लोध, लुम्बिनी । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको १२औं नगर सभा सम्पन्न भएको छ । आथिर्क बर्ष २०८०/०८१ को आर्थिक विधेयक कार्यविधि निर्देशिका एवम् योजना परिवर्तन र स्वीकृत सम्बन्धित विधेयक माथि छलफल गर्दै नगरसभा सम्पन्न भएको हो ।
नगरसभाले वन व्यवस्थापन विधेयक, निजि वन विकास तथा व्यवस्थापन कार्यविधि, सार्वजनिक जग्गा, वन विकास तथा प्राकृतिक स्रोत संरक्षण, कर्मचारी कल्याण कोष संचालन, स्वास्थ्य सेवा ऐन संशोधन, बुद्ध माया अस्पताल सन्चालन कार्यविधि, पर्यटन सुचना केन्द्र व्यवस्थापन तथा सन्चालन, सरसफाई अध्ययन केन्द्र तथा हरित पार्कको लागि मानक सन्चालन लगायतका विधेयक तथा कार्यविधि नगरसभाले स्वीकृत गरेको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका रोजगार रणनीति, नगरपालिका पदाधिकारी र कार्मचारी आचारसंहिता, कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षण निर्माण, नगरपालिकाको २०८०/०४/०१ देखि हालसम्म भएका नगरकार्यपालिका नगर शिक्षा समिति र विभिन्न विषयगत समितिबाट भएका सम्पूर्ण निर्णयको अनुमोदन, एसियाली विकास बैंककाे ऋण सहायताबाट सन्चालन हुने आयोजना कार्यान्वयन लगायतका कार्यक्रममाथि नगरसभामा छलफल भै स्वीकृत भएको लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रवक्ता इनामुल्ला फकिरले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology