Logo

२०८३, श्रावण ३१गते


images
images

पहिलो चरणमै जित्न देउवालाई ८२ मत पुगेन, दोस्रो चरणमा देउवा र कोइराला भिड्ने

पहिलो चरणमै जित्न देउवालाई ८२ मत पुगेन, दोस्रो चरणमा देउवा र कोइराला भिड्ने

images
  • पहिलो चरणमै जित्न देउवालाई ८२ मत पुगेन, दोस्रो चरणमा देउवा र कोइराला भिड्ने
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।

    images
    images
    images

    पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् भने डा. शेखर कोइरालाले १७२९  मत प्राप्त गरे । तेस्रो स्थानमा प्रकाशमान सिंहले ३७१ मत प्राप्त गर्दा विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् । निर्वाचनमा कुल ४६८१ मत खसेको थियो ।

    images
    images
    images

    कांग्रेसको विधानअनुसार अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीचमात्र प्रतिस्पर्धा हुनेछ । बाँकी उम्मेदवारले कसलाई समर्थन गर्छन्,त्यसले सभापतिमा जितको आधार तय गर्नेछ । यससँगै कोइराला पक्षधर नेता कार्यकर्ता खुसी भएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।