Logo

२०८३, आश्विन १७गते


images
images

अपराध

सर्विया र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

सर्विया र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

images
  • सर्विया र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
    images
    images

    काठमाडौं । वैदेशिक रोजगारीको लागि सर्विया र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१० बस्ने ३५ वर्षीय सरोज सुवाल र काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ बस्ने रौतहट चन्द्रपुर नगरपालिका-२ घर भएका २७ वर्षीया सिर्जना कार्की रहेका छन् । 

    images
    images
    images

    पक्राउ मध्ये सरोजले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र सिर्जनाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरोजलाई ललितपुर, ललितपुर महानगरपालिका-२ बाट सिर्जनालाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । 

    images
    images
    images

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।