Logo

२०८३, आश्विन १७गते


images
images

अपराध

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

images
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
    images
    images

    काठमाडौं । बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने ६१ वर्षीया विमला अधिकारी, काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका-१५ घर भएका ६० वर्षीय महमद जौवाद अंसारी र काठमाडौं महानगरपालिका-८ बानियाँटार बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-३ घर भएका ४४ वर्षीय माधव पण्डित रहेका छन् ।             

    images
    images
    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८२ भदौ १३ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेकी विमलालाई काठमाडौं गौरीघाटबाट बिहीबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका महमदलाई काठमाडौं कुलेश्वरबाट र माधवलाई काठमाडौं बालाजु चोकबाट प्रहरीले पक्राउ गरेको हो । 

    images
    images
    images

    पक्राउ मध्ये विमलालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त सिंहदरबार र माधवलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने महमदलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।