काभ्रे । बनेपा नगरपालिका-९ लाईकु डेरा गरी बस्ने मण्डनदेउपुर नगरपालिका-७ घर भएका ३४ वर्षीय सन्तोष श्रेष्ठलाई कटुवा पेस्तोल १ थान र गोली ३६ राउण्ड सहित शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology