Logo

२०८३, श्रावण ३०गते


images
images

श्रेष्ठको गुनासो

नारायणकाजीको गुनासो : प्रधानमन्त्रीसँग सम्पर्क हुन सकेन

नारायणकाजीको गुनासो : प्रधानमन्त्रीसँग सम्पर्क हुन सकेन

images
  • नारायणकाजीको गुनासो : प्रधानमन्त्रीसँग सम्पर्क हुन सकेन
    images
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँग सम्पर्क हुन नसकेको गुनासो गरेका छन् ।

    images
    images
    images

    श्रेष्ठले प्रधानमन्त्रीसँग फोनमा पनि सम्पर्क नभएको र अन्य व्यक्तिहरू मार्फत गरिएको प्रयत्न पनि सफल नभएको बताएका छन् । श्रेष्ठले फोन सम्पर्क गरेर नै केही सुझावहरू दिने प्रयत्न असफल भएपछि यस सामाजिक सञ्जालको माध्यम मार्फत केही महत्वपूर्ण सुझावहरू दिएको बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन ‘सम्माननीय प्रधानमन्त्रीज्यू , तपाईं प्रधानमन्त्री नियुक्त हुनु भएपछि देखि नै मैले तपाईंलाई फोन मार्फत बधाई, शुभकामना र केही सुझावहरू दिन खोजेको थिएँ। तपाईंको फोन सम्पर्क हुन सकेन । तपाईंको नियमित सम्पर्कमा तपाईंसँगै रहने व्यक्तिहरू मार्फत गरिएको प्रयत्न पनि सफल हुन सकेन ।

    images
    images
    images

    मैले बधाई र शुभकामना यस अघि नै सार्वजनिक गरिसकेको छु । तर तपाईंलाई फोन सम्पर्क गरेर नै केही सुझावहरू दिने प्रयत्न असफल भएपछि यस सामाजिक सञ्जालको माध्यम मार्फत केही महत्वपूर्ण सुझावहरू दिन चाहान्छु । एक, तपाईंले छिटो राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र ,निष्ठावान ,देशभक्त , स्वच्छ एवं क्षमतावान व्यक्तिहरूलाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस् ।

    दुई, तपाईंले सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुब्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्नुहोस् । तीन, भाद्र २३ गते र भाद्र २४ गतेको घटनाको निष्पक्ष छानविन गरी दोशीहरुमाथी कारवाही गर्नुस । चार, ध्वंस गरिएका संरचनाहरुको पुनःनिर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया शुरुवात गरियोस् ।

    पाँच, भ्रष्टाचारविरुद्ध हाम्रो सरकारले थालेका कारवाही हरुलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाइयोस् । छ, प्रतिनिधिसभा नरहेको अवस्थामा संघीय संसदको भूमिका राष्ट्रिय सभाले खेल्ने भएकाले संसदको आवश्यक भूमिका राष्ट्रिय सभामार्फत गर्न ध्यान दिइयोस् ।

    सम्माननीय प्रधानमन्त्रीज्यू , तपाईं लोकरिझ्याईका अन्य छिटफुट काममा होइन, उपरोक्त कार्यहरूमा, त्यसमा पनि मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नारायणकाजी श्रेष्ठ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।