Logo

२०८३, श्रावण ३०गते


images
images

एशिया कप

अफगानिस्तानमाथि बंगलादेशको ८ रनको जित

अफगानिस्तानमाथि बंगलादेशको ८ रनको जित

images
  • अफगानिस्तानमाथि बंगलादेशको ८ रनको जित
    images
    images

    काठमाडौँ । बंगलादेशले जारी एशिया कपमा अफगानिस्तानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बंगलादेशले अफगानिस्तानलाई ८ रनले पराजित गरेको हो ।

    images
    images
    images

    बंगलादेशले दिएको १५५ रनको लक्ष्य पछाएको अफगानिस्तानले २० ओभरमा अल आउट हुदै १४६ रन बनाएको थियो । अफगानिस्तानका लागि रह्मनुल्लाह गुर्बाजले सर्बाधिक ३५ रन बनाए भने अज्मतुल्लाह ओमरजाईले ३० रन बनाएका थिए । त्यसैगरी बंगलादेशका बलर मुस्ताफिजुर रहमानले ३ विकेट लिए भने नासुम अहमद, तास्किन अहमद र रिशाद होसैनले २-२ विकेट लिएका थिए ।

    images
    images
    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १५४ रन बनाएको थियो । बंगलादेशका लागि तानजिद हसनले सर्बाधिक ५२ रन बनाए भने सैफ हसनले ३० र टोवविड हृदोयले २६ रन बनाएका थिए । यो बंगलादेशको तेस्रो खेलमा दोस्रो जित हो ।

    images
    images
    images

    ३ खेलमा ४ अंक रहेको बंगलादेश समुह बी मा दोस्रो स्थानमा छ । त्यस्तै अफगानिस्तानको २ खेलमा २ अंक रहेको छ । अब अफगानिस्तानलाई सुपर फोरमा पुग्न अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्नै पर्ने अवस्था बनेको छ ।

    एशिया कप अन्तर्गत आज पाकिस्तान र युएईबीच खेल हुने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।