Logo

२०८३, आश्विन १७गते


images
images

राजनीति

कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरु

कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरु

images
  • कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरु
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ । कांग्रेस नेता गुरुराज घिमिरेसहितका नेताहरुले विशेष महाधिवेशन माग गर्दै पार्टीमा हस्ताक्षर अभियान सुरु गरेका हुन् ।

    images
    images
    images

    भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अध्ययन गर्दै हस्ताक्षर अभियान सुरु गरेको हस्ताक्षर पत्रमा उल्लेख छ ।

    images
    images
    images

    सोमवार काठमाडौंमा भएको एउटा बैठकपछि सयभन्दा धेरै जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरी अन्यलाई पनि यो अभियानमा सहभागी हुन आग्रह समेत गरेका छन् ।

    images
    images
    images

    कांग्रेसले १६५ निर्वाचन क्षेत्र र भातृ तथा सुभेच्छुक संघ संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट गरी ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । पार्टीको विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने व्यवस्था रहेको छ ।

    विशेष महाधिवेशनको माग गर्नेमा घिमिरेसहित देवराज चालिसे, नारायण प्रसाद भट्टराई, जनकराज गिरी, तारानाथ दाहाल, उज्ज्वल बराल, रामपल्टन शाह, विनोद खनाल, टेकराज पौडेल, सुरज काफ्ले मेदिनी सिटौला, सुरेन्द्र राज आचार्य, महेन्द्रध्वज जिसी, इन्द्र रिजाल, चतुर बहादुर चन्द, अष्टभुजा पाठक लगायतका नेताहरु रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।