दाङ । आफ्नै श्रीमती ५७ वर्षीया लिला पुनको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-३ रनगैरा बस्ने ५७ वर्षीय सुकराम पुनलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुकरामले लिलालाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology