Logo

२०८३, श्रावण ३०गते


images
images

फूलपाती

टुँडीखेलमा नेपाली सेनाको ‘फूलपाती बढाइँ’ सम्पन्न

टुँडीखेलमा नेपाली सेनाको ‘फूलपाती बढाइँ’ सम्पन्न

images
  • टुँडीखेलमा नेपाली सेनाको ‘फूलपाती बढाइँ’ सम्पन्न
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडीखेलमा ‘फूलपाती बढाइँ समारोह ’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । 

    images
    images
    images

    समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह-२०८२’ व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो ।

    images
    images
    images

    समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायतका विशिष्ट व्यक्तित्व सहभागी थिए । 

    images
    images
    images

    फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडीखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ ।

    बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडीखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।