Logo

२०८३, श्रावण ३०गते


images
images

बेलायतमा सम्पन्न सैनिक प्रशिक्षणमा नेपाली सेनालाई स्वर्ण पदक

बेलायतमा सम्पन्न सैनिक प्रशिक्षणमा नेपाली सेनालाई स्वर्ण पदक

images
  • बेलायतमा सम्पन्न सैनिक प्रशिक्षणमा नेपाली सेनालाई स्वर्ण पदक
    images
    images

    काठमाडौँ । बेलायतको वेल्स, ब्रेकनमा आश्विन २३ गतेबाट आश्विन २५ गतेसम्म सञ्चालन भएको 'एक्सरसाइज कम्ब्राइन पाट्रोल २०२५ मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्क सहित स्वर्ण पदक प्राप्त गरेको छ ।

    images
    images
    images

    उक्त अभ्यासमा संयुक्त अधिराज्य बेलायतसहित ३३ राष्ट्रका ११७ वटा टोलीहरूको सहभागिता रहेको थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आइरहेको छ ।

    images
    images
    images

    दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको विभिन्न तयारी, खबर सङ्कलन, घाइते-बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ ।

    images
    images
    images

    यससँगै नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७, २०१९ र २०२४ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली सेना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।