Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी आन्दोलन

जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट २२ प्रदर्शनकारीको मात्र मृत्यु : नेपाली सेना

जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट २२ प्रदर्शनकारीको मात्र मृत्यु : नेपाली सेना

images
  • जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट २२ प्रदर्शनकारीको मात्र मृत्यु : नेपाली सेना
    images
    images

    काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये प्रहरीको गोली लागेर २२ जना मात्रै प्रदर्शनकारी रहेको बताएको छ । 

    images
    images
    images

    शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर २२ प्रदर्शनकारीको मृत्यु भएको जानकारी गराएको हो ।

    images
    images
    images

    सेनाका अनुसार बाँकी मृतकमध्ये ३ जना प्रहरी, १० कैदी र अन्य ४१ जना रहेका छन् । सेनाले टिचिङ अस्पतालमा रहेका ११ शवको पहिचान खुल्न नसकेको बताएको छ ।

    images
    images
    images

    आन्दोलनका क्रममा ६८८ सरकारी कार्यालय,२५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान १९८ राजनीतिक दलका पार्टी कार्यालय र ३०७ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको सेनाले जानकारी दिएको छ ।

    यसैगरी ९७८ थान हातहतियार लुटिएकोमा ५८६ वटा फिर्ता गराइएको सेनाले जनाएको छ । त्यस्तै आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकोमा हालसम्म ८ हजार ७९९ जनालाई पुन : नियन्त्रणमा लिइसकेको जानकारी दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।