आज पुष २१ सेतोमसी मिडियाको स्थापना भएको एक बर्ष बितेछ । स्थापना दिवसको अवसरमा सहकर्मी तथा सम्पुर्ण पाठकहरु मनहरुमा शुभकामना । फरक शैली फरक समाचार प्रकाशन गर्दै आवाज बिहिनको आवाज बन्न र भजन हैन समाचार लेख्नका लागि स्थापना गरिएको सेतोमसीसंग मेरो सम्बन्ध धेरै नजिक छ । अझ भनुँ त पत्रकार बन्न र पत्रकारितामा भबिष्य खोज्न मलाई सेतोमसीले सिकाएको छ ।
सेतोमसीमा मेरो यात्राको सुरुवात कहाँबाट कहिले र कसरी भयो भन्ने तिर म जान चाहान्छु । भविष्यमा म पत्रकार हुन्छु र पत्रकारिता गर्छु भन्ने रहर न त बाल्यकालमा थियो, न त बिद्यालय अध्ययन गर्दासम्म नै । तर जानिदो नजानिदो तवरले कसरी यो पेशामा अंगालिन पुगे ? म आफैे अहिलेसम्म बुभ्न सकेको छैन ।
रेडियो देवदहको बाल कार्यक्रमबाट सञ्चार क्षेत्रमा जोडिएको याद छ । रेडियो देवदह हुदै, देवदह अन्लाईन मिडियाको स्वयम् स्थापन गरि, रेडियो सुनवल, दर्पण पोस्टसम्म को यात्रामा धेरै कुरा सिक्ने र बुझ्ने अवसर मिल्यो ।
कतिले सिकारु पत्रकार भनेँ । विभिन्न समाचार लेखेकै कारण विभिन्न ' थ्रेट' हरुलाई नजिकबाट अनुभति गर्न पाएँ । अनुभुति मात्र हैन कति बेथितिहरु र आवाज विहिनको विषयमा आवाज बनेर थोरै नै भएपनि आफ्नो मानवीय र पेशागत कर्तव्य पुरा गरें जस्तो लाग्छ ।
सेतोमसीमा जोडिएको समयमा चै १२ को परिक्षा सकि नजिकको कारखानाको ल्याबमा जागीरे थिएँ । एकदिन सामाजिक संजालमा सेतोमसीमा पत्रकारको बिज्ञापन देखें । नाम देखदा अचम्म लाग्यो । कहाँको रै'छ यो सेतोमसी भन्ने लाग्यो । राम्रै लाग्यो र काम गर्ने अवसर त पाईदैन होला तै पनि आवेदन दिँदा के गयो र भन्ने मनसायले आवेदन दिएँ । 'सर्ट लिस्ट' मा परेकालाई मात्र बोलाईने भनियो ।
अर्को दिन फोनको घण्टी बज्यो । सम्पादक बिष्णु पोखरेलको भेट्न बोलाउनु भयो । म शितलनगर गएँ । केही अनुभव सुनाएँ, छलफल भयो र सहमति भयो - संगै काम गर्ने । सहकार्य गर्दै गर्दा म काँचो माटोलाई आकार दिने काम गर्नु भो सम्पादक पोखरेलले । समय मिलाएर कुनै दिन लेख लेख्नु छ 'सम्पादकको मुटु' शिर्षकमा ।
म बिशेष खोज पत्रकारिता र फिचर लेखनमा कलम चलाउन आलि बढी इच्छा राख्ने । हुन त युवा हुँ, जोसले भरिएको भएर होला, चाकडी र भजन लेख्ने प्रवृत्तिका पत्रकारहरुको समुहले घेरिएको समाजमा हामी भजन हैन समाचार लेख्छाैं भनी खोज पत्रकारिताको पहिलो समाचार आफु अध्ययन गरेको बिद्यालयको लापरबाहीबाट सुरु गरेँ।
कतिले सिकारु पत्रकार भनेँ । कतिले के भने । विभिन्न समाचार लेखेकै कारण विभिन्न ' थ्रेट' हरुलाई नजिकबाट अनुभति गर्न पाएँ । अनुभुति मात्र हैन कति बेथितिहरु र आवाज विहिनको विषयमा आवाज बनेर थोरै नै भएपनि आफ्नो मानवीय र पेशागत कर्तव्य पुरा गरें जस्तो लाग्छ ।
आफुले देखेको सपना र जिन्दगीको लक्ष्य पुरा गर्न सकिएला, नसकिएला । तर जानिदो नजानिदो बडो रोमाञ्चकारी र खतरनाक पेशा जो राज्य र नागरिकसंग प्रत्यक्ष जोडिने गर्छ । त्यसमै विगत २ वर्ष देखि रमाउदैं आएको छु ।

- रेशम अधिकारी
समाचार उप-प्रमुख
setomasi.com
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology