Logo

२०८३, आश्विन ११गते


images
images

अन्तर्राष्ट्रिय

ट्रम्पले कोलम्बियाली राष्ट्रपति पेट्रोलाई भने- 'लागूऔषध नेता'

ट्रम्पले कोलम्बियाली राष्ट्रपति पेट्रोलाई भने- 'लागूऔषध नेता'

images
  • ट्रम्पले कोलम्बियाली राष्ट्रपति पेट्रोलाई भने- 'लागूऔषध नेता'
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोमाथि टिप्पणी गर्दै उनलाई 'लागूऔषध नेता' भनेका छन् ।

    images
    images
    images

    ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै  कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई अवैध लागूऔषध नेता भएको टिप्पणी गरेका हुन् । उनले भनेका छन्- 'कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रो एक अवैध लागूऔषध नेता हुन्, जसले कोलम्बियाभरि लागूऔषधको ठूलो उत्पादनलाई जोडदार रूपमा प्रोत्साहन गरिरहेका छन् ।' उनले अगाडी भनेका छन्- 'यो अब कोलम्बियाको सबैभन्दा ठूलो व्यवसाय बनेको छ । संयुक्त राज्य अमेरिकाबाट ठूलो भुक्तानी र अनुदानको बावजुद, पेट्रोले यसलाई रोक्न केही गरिरहेको छैन । यो संयुक्त राज्य अमेरिकामाथिको ठगी बाहेक अरू केही होइन ।'

    images
    images
    images

    अमेरिकी राष्ट्रपतिले ट्रम्पले भुक्तानी र अनुदानहरू अब कोलम्बियालाई नदिने भनेका छन् । ट्रम्पले यो औषधिले अमेरिकामा धेरै मृत्यु निम्त्याइरहेको बताउदै पेट्रोलाई चेतावनी समेत दिएका छन् । ट्रम्पले पेट्रोले यसलाई नरोकेमा अमेरिकाले यसलाई राम्रो तरिकाले रोक्ने बताएका छन् । ट्रम्पले हालैका समयमा कोलम्बियालाई लागूऔषध तस्करीको बारम्बार आरोप लगाउदै आएका छन् । हालै, अमेरिकी सेनाले अमेरिकातर्फ जाने धेरै डुङ्गाहरूमा आक्रमण गरी ध्वस्त पारेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।